Wednesday, June 5, 2013

Think.Eat.Save

I celebrated World Environment Day 2013 with the theme Think.Eat.Save. It has clearly mentioned the potentiality of ending hunger in the world if we are able to avoid food loses and wastage from plough to plate. In this context, I oriented around 200 grade 8 and 9 students of Kumudini Homes Boarding School of Pokhara about global environmental issues such as climate change, deforestation, dust storm, and information related to Think.Eat.Save. Besides, to contribute to clean and green Pokhara, I also participated in a greenathon (Cycle rally) today Morning.

Tuesday, June 4, 2013

नेपालमा कृषिपर्यटनको सम्भावना

सामान्य बुझाइमा पर्यटन भनेको रमाइलो गर्न, छुट्टी मनाउन तथा व्यापारिक उद्देश्यले आफु बसिरहेको स्थानबाट कुनै नयाँ स्थानमा गरिने यात्रालाई भनिन्छ । यो यात्रा एक दिन भन्दा बढी र एक बर्ष भन्दा कमीको भएमा मात्र यसलाई पर्यटनका रुपमा लिन सकिन्छ । विश्वमा पर्यटनलाई एउटा प्रख्यात ब्यवसायका तथा क्रियाकलापमा रुपमा लिइएको छ । अहिले आएर विश्वका कतिपय देशका लागि पर्यटन अर्थतन्त्रको प्रमुख आधारका रुपमा देखापरेको छ । पर्यटनले विशेष गरी कुनै पनि देश, शहर तथा समुदायको आर्थिक तथा सामाजिक उन्नतिमा विशेष योगदान पु¥याउने हुनाले विश्व पर्यटनको मनिला घोषणपत्र १९८० ले पनि पर्यटनलाई एउटा महत्वपूर्ण क्रियाकलापका रुपमा लिइनु पर्ने जनाएको छ । संस्कृतिको आदानप्रदान, रोजगारीका अवसरहरु, ज्ञान सिप तथा प्रविधिको आदानप्रदान र समग्रमा आर्थिक उन्नति र विकासका लागि नै पर्यटनले महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । पर्यटकीय दृष्टिकोणले नेपाल पनि विश्वमा एउटा महत्पूर्ण पर्यटकीय स्थलका रुपमा अगाडी आउँदछ । यहाँको विविध जलवायु, भुबनोट, प्राकृतिक भुपरिधि, खोला नाला, झरना छहरा, हिमाल, ताल, बन्यजन्तु, धर्म, संस्कृति, तथा ऐतिहासिक स्थलहरु पर्यटनका प्रमुख आकर्षणका रुपमा चिरपरिचित भएका छन् । हामीकहाँ आउने धेरै पर्यटकहरु प्रायजसो कि त हिमालको आधार शिविर तर्फ या त बन्यजन्तुहरु तथा तालतलैयाहरु अवलोकन गर्नका लागि जाने गरेको पाइन्छ । यी श्रोतहरु हाम्रालागि पर्यटकीयक्षेत्रका रुपमा चिरपरिचित भएका र सजिलै प्रचारप्रसार गर्न सजिलो भएका कारणले पनि अहिले हिमाल र तालमा पर्यटनका पूर्वाधारहरुको विकास हुँदै गएको देख्न सकिन्छ । यधपि नेपालमा पर्यटनका विविध सम्भावनाहरु रहेका छन् । नेपालको क्षेत्रफल तथा यहाँको कमजोर भुबनोटलाई मध्यनजर गर्ने हो भने नेपालको पर्यटनले केही निश्चित पर्यटकहरुलाई मात्र थेग्न सक्दछ । त्यसैले नेपाली पर्यटनको प्रबर्धन गर्नका लागि केही हद सम्म पर्यटकको संख्या बृद्धि गरी त्यस पछि पर्यटक संख्यालाई भन्दा पनि उनीहरुको बसाइलाई लम्ब्याउन तर्फ ध्यान दिनु जरुरी देखिन्छ । हिमाल र तालका अतिरिक्त नेपालमा यहाँको पर्यटनको दिगो विकासका दृष्टिकोणले प्रचारप्रसार गर्न सकिने अन्य आकर्षणहरु पनि रहेका छन् । यिनै आकर्षणहरुको माध्यमबाट नेपालमा आउने विदेशी पर्यटकहरुको तथा आन्तरिक पर्यटकहरुको बसाइलाई लम्बाउन सकिन्छ । यिनै आकर्षणहरु मध्ये नेपालको कृषिलाई पनि एउटा प्रमुख आर्कषणका रुपमा प्रचारप्रसार गरि नेपालको ग्रामिण भुभागमा कृषि पर्यटनको विस्तार गर्न सकिन्छ । नेपाल मुलतः कृषि प्रदान देश हो । कृषि नेपाली अर्थतन्त्रको एउटा महत्वपूर्ण मेरुदण्ड पनि हो । नेपाल सरकार कृषि बिभागको एक तथ्याङ्कका अनुसार नेपालको कृषिले ६६ प्रतिशत सक्रिय जनसंख्यालाई रोजगारीको अवसरहरु प्रदान गर्दै आएको छ भने नेपालको कुल गार्हस्थ उत्पादनमा ३९ प्रतिशत योगदान पु¥याएको छ । बिदेश ब्यापारकालागि कृषि जन्य उत्पादनहरुको योगदान १३ प्रतिशत रहेको छ । कृषिलाई पर्यटनमा समायोजन गर्न सकियो भने पर्यटन व्यवसायलाई दुइ हिसाबले फाइदा पुग्छ । पहिलो पर्यटकको बसाई लम्ब्याउन भने दोस्रो कृषि उपजहरुलाई उपहारका रुपमा बिक्रीवितरण गरेर । हावापानीको विविधता तथा भौगोलिक विविधताले गर्दा नेपालमा विभिन्न प्रकारका बालीनालीहरु लगाउन सकिन्छ र लगाइँदै आइएको पनि छ । पर्यटकीय आकर्षणका हिसाबले कृषि बालीहरु, पशुबस्तुहरु र तिनका जात, कृषि जन्य उत्पादनहरु, कृृषि प्रणाली तथा कृषि पारिस्थितिकीय प्रणाली, र कृषि उत्पादनका कार्यहरुलाई कृषि पर्यटनको प्रमुख कियाकलापका रुपमा लिन सकिन्छ । हिमाली भुपरिधिमा रम्न आएका पर्यटकहरुलाई ब्यवस्थित गाउँहरुमा राखेर मौषमअनुसार कृषिका आकर्षणहरुबाट पनि मनोरञ्जन दिन र ज्ञान तथा संस्कृतिको आदान प्रदान गर्न सकिन्छ । उदाहरणका लागि धान रोपाईको प्रक्रिया, दाइँ हाल्ने, धान बत्ताउने तथा टौवा बनाउने क्रियाकलापहरु, कोदो ठटाउने, कोदोको परिकार (ढिँडो बनाउने) बनाउने र खाने, विभिन्न फलफूलहरुको प्रशोधन, स्थानीय बालीका विविध जातहरुको अवलोकन गराउने, मौरी पालन, मह काड्ने प्रक्रिया, पर्यटकको इच्छानुसार स्थानीय खानाका खुवाउने आदि जस्ता क्रियाकलापहरु कृषि पर्यटनका आधारहरु हुन सक्छन् । नेपालको पूर्वी जिल्ला इलाममा भ्रमण गर्न जाने पर्यटकको आकर्षण भनेको त्यहाँको चिया बगान हो । त्यहाँबाट पर्यटकले अकबरे खुर्सानी, चिया, छुर्पी, चिज, अलैँची, र विभिन्न जडीबुटीहरु किनेर आफ्नो प्रयोगका लागि ल्याउने गरेको देखिन्छ । इलामले जसरी नै नेपालका अन्य जिल्लाहरुले पनि आफ्नो जिल्लामा पाइने कृषि उपजहरुलाई पर्यटकीय आकर्षण र उत्पादनका रुपमा प्रबद्र्धन गर्न सक्दछन् । उदाहरणका रुपमा हिमाली जिल्लाहरुमा चौँरी, स्याउ, च्याउ, चुक, यार्सागुम्बा लगायत अन्य जडीबुटीहरुलाई कृषि पर्यटनका रुपमा बजारीकरण गर्न सकिन्छ । हिमाली जिल्लाहरुमा पाइने कृषि जैविक विविधता जस्तै गहुँ, जौ, उवा, लट्टे, चिनो, कागुनो, आदिको खेतबारी, खेती गर्ने तथा बाली भित्र्याउने क्रियाकलापहरु पनि पर्यटकका लागि आकर्षण हुन सक्छन् । इलामको सिरी गाई, मुस्ताङको लुलु गाई, हिमाली भेगमा पाइने च्याङ्ग्रा र सिन्हाल बाख्रा, मध्यपहाडी भेगमा पाइने खरी बाख्रा, स्थानअनुसार पाइने गाई भैँसी, बंगुर तथा कुखुराका जातहरु पनि कृषि पर्यटनका अकर्षण हुन सक्छन् । त्यसैगरी चिराइतो खेती, कफी खेती, लोक्ता खेती, सुन्तला, जुनार, नासपाती, कागती आदी लगाएतका उपजहरुलाई ठाउँ विशेष प्रबर्धन र प्रचारप्रसार गर्न सकिन्छ । पोखरा आसपासका क्षेत्रमा पोखरेली जेठो बुढो, बास्ना आउने घिरौँला, सुन्तला, रोपाई जात्रा, सिमसारमा आधारित खेती प्रणाली, प्रांगारिक खेती गरिएको क्षेत्र, स्थानीय माछाहरु, धानका जंगली जातहरु भएको क्षेत्रहरु, कोदो र धान रोपाइ सँग सम्बन्धित क्रियाहरु र किसानका स्थानीय अन्वेषणहरु आदि लाई कृषि पर्यटनका क्रियाकलापका रुपमा लिन सकिन्छ । कृषक समुदायले संरक्षण गर्दै आएका कृषि जैविक विविधता, बीउ बैँक, जैविक विविधता प्रदर्शनी, ब्यवस्थित घर बगैँचाहरु, स्थानीय कृषिजन्य सानाउधोगहरु, प्रांगारिक मल तथा विषादी तथा तयार गर्ने विधिहरु पनि, हलो जोत्ने, गोरु दाउने, नेपालको परम्परागत कृषि प्रणाली जस्तै खोरिया खेती र सरुवा खेती, र कृषि सँग सम्बन्धित विभिन्न सास्कृतिक पर्वहरुमा पर्यटकलाई सहभागि बनाउने (जस्तैः दियाली, रोपाइ जात्रा, असार पन्ध्र, पुसे पन्ध्र, साउने सक्रान्ति (राँको फाल्ने), माघे सक्रान्ति आदि) पनि कृषि पर्यटनका क्रियाकलापहरु हुन सक्छन् । बास्तवमा पर्यटकहरुका विविध चाहना तथा अबलोकन गर्ने इच्छाहरुलाई परिपुर्ति गर्नका लागि कृषिजन्य क्रियाकलापहरुलाई पर्यटन सँग समायोजन गर्न सकिएमा नेपाली पर्यटन व्यवसायमा स्थानीय समुदायको पनि सक्रिय सहभागिता गराउन सकिने सम्भावनाहरुलाई यथार्थमा परिणत गर्न सकिन्छ । जसवाट स्थानीय स्वरोजगारी प्रबर्धन भई नेपालको स्थानीय विकासमा पर्यटन व्यवसायले सुनौलो इट्टा थप्न सहयोग पुग्ने देखिन्छ । त्यसैले राज्य र किसान सँग काम गर्ने विभिन्न निकाय तथा पर्यटन व्यवसायीहरुले पनि नेपालमा कृषि पर्यटनका अवसरहरुबाट फाइदा लिनका लागि लगानी गर्नुपर्ने समय आइसकेको छ ।

Monday, June 3, 2013

मौरी र मौरीपालन

नेपाललाई मौरीपालनका लागि उत्तम हावापानी भएको देशका रुपमा लिन सकिन्छ । मैरीका लागि यहाँ विभिन्न प्रकारका चरन श्रोतहरु भएकाले नेपालमा सबै जातिका मौरी हरु पाइन्छन् । आर्थिक दृष्टिकोणले भिर मौरी, सिंगुस, सेरेना, मेलिफेरा र कठचौरी मौरीहरु लाई विशेष किसिमले लिइएको छ । मौरीका विभिन्न जातीमध्ये भिर मौरी (एपिस लेबोरिओसा) सबैभन्दा ठूलो मौरी हो, कठचौरी मौरी (एपिस फ्लोरिया) सबै भन्दा सानो मौरी हो भने सेरेना र मेल्लिफेरालाई घरपालुवा मौरीका रुपमा लिइन्छ । मेल्लिफेरा बाहेक भिरमौरी, सिंगुस, सेरेना र कठचौरी मौरी नेपालका स्थानीय मौरी हुन भने मेल्लिफेरा यूरोपबाट आयात गरिएको मौरी हो । नेपालमा ब्यवसायिक रुपमा मौरीपालनलाई प्रबर्धन गर्न थालिएको करिब २०५० सालदेखी हो जुनबेला नेपालमा मेल्लिफेरा मौरीलाई नेपालमा ल्याइयो । सेरेना र मेल्लिफेरालाई घारमा पाल्न सकिने र यिनले धेरै चाकाहरु ब्नाउन सक्ने भएकोले नै घरपालुवा मौरीका रुपमा लिइएको छ । तर भिर मौरी, सिंगुस र अन्य जंगलीमौरीहरु ले एउटा मात्र चाका बनाउन सक्छन् जसमा मह, आफ्नो समुह र बच्चाहरुलाई एक साथ अटाउनु पर्ने हुन्छ । यसका अतिरिक्त जंगलीमौरीहरुले खुल्ला र प्रकाश पुग्ने ठाउँ मा मात्र चाका बनाउन सक्ने भएकोली यिनिहरुलाई घरपालुवामौरीका झै घारमा पाल्न सकिदैन । मह उत्पादनका हिसाबले हेर्दा जंगली मौरीबाट हुने उत्पादकत्व बढी पाइएको छ । झट्ट हेर्दा मौरीपालन महका लागि मात्र गरिन्छ भन्ने गरिन्छ । बास्तवमा धेरै कृषकहरुले महका लागि नै मौरी पालिरहेको पाइन्छ र धेरै संघसंस्थाहरुले पनि महका लागि नै मौरीपालन ब्यवसाय प्रबद्र्धन गरेको पाइन्छ । तर पनि मौरी पालनबाट मह उत्पादनका अलावा अन्य उत्पादनहरु जस्तै सुख्खा पराग, मैन, मौरी खोटो (प्रोपोलिस), शाही खुराक (रोयल जेली) र मौरी विष (बी भेनोम) पनि उत्पादन गरी अर्थोपार्जन गर्न सकिन्छ । यी सबै पदार्थहरु कर्मी मौरीले मात्र उत्पादन गर्दछ । मौरी पालनबाट उत्पादन गर्न सकिने विभिन्न पदार्थहरु मध्ये मह, पराग र खोटो लाई मौरीले विरुवा बाट जम्मा गर्दछ भने मैन, शाही खुराक र मौरी विष मौरीहरु आफैले बनाउने गर्दछन् । यी मध्ये महविष सबै भन्दा महँगो पर्दछ । मैन मौरीका लागि अति नै उपायोगी पदार्थ हो । मौरीमा चार जोडी मैन ग्रन्थीहरु हुन्छन् जसबाट मौरीले मैन तयार पार्दछ । मौरीले मैनलाई चाका बनाउन, चाका मर्मत गर्न, अण्डा र रानी मौरीलाई बन्दगरी राख्न र अन्य अनाबश्यक प्वाल र फुटेको ठाउँहरु बन्द गर्नका लागि प्रयोग गर्दछन् । मौरीका अतिरिक्त मानिसले मैनको प्रयोग आधार चाका तयार पार्नका लागि, रानीमौरीलाई राख्ने रानी कप बनाउन र अन्य कस्मेटिक का समानहरु, चम्कने पदार्थहरु र औषधिको क्याप्सुन बनाउनका लागि प्रयोग गर्दछन् । बिरुवा बाट जम्मा गर्ने परागबाट मौरीले आफूलाई आवश्यक पर्ने प्रोटिन, खनिज तत्वहरु, भिटामिन आदिको पुर्ति गर्दछन् भने बच्चाहुर्काउनका लागि मौरीले परागको प्रयोग गर्दछन् । मौरीले संकलन गर्ने परागबाट मौरी रोटी (बी ब्रेड) तयार गर्नका लागि मानिसहरुले पराग विक्री गर्दछन् । मौरीले संकलन गर्ने खोटोलाई विभिन्न औषधि उत्पादनका लागि प्रयोग गरिन्छ । यसलाई शक्तिबर्धक पनि मानिन्छ । मौरीले शाही खुराकको प्रयोग १ देखि ३ दिन को सबैलार्भालाई र रानीलाई खुवाउनका लागि उत्पादन गर्दछन् । लार्भाबाट कर्मी मौरी बन्नेकी रानी मैरी बन्ने प्रक्रियालाई शाही खुराकको मात्राले निर्धारण गर्दछ । कर्मी मौरीले १ देखी ३ दिनको लार्भालाई यदि शाही खुराक १ देखी ३ दिन सम्म मात्र खुवायो र पछि खुवाउन छाड्यो भने त्यसबाट कर्मी मौरी बन्दछन् भने जुन लार्भालाई निरन्तर शाही खुराक खुवाउँछ त्यसबाट रानी मौरी निस्किन्छ । भाले मौरी भने बतासे फूलको लार्भाबाट निस्कन्छन् जसलाई शाही खुराक खुवाइदैन । मानिसले शाही खुराकलाई विभिन्न खाध पदार्थ बनाउन प्रयोग गरेको पाइन्छ । शाही खुराकले शक्ति बढाउने, मानिस बुढिने प्रक्रियालाई कम गराउने र अनुहारको छाला चाउरीन कम गराउने अनुसन्धानले देखाएको छ । त्यसैगरी महविषलाई चिकित्साविज्ञानले बाथको रोग, दम, र एच आइ भि का विरामीहरुको उपचारमा प्रयोग गरिएको पाइन्छ । मौरीपालन बाट उत्पादन हुने पदार्थहरु बाहेक मौरीले प्राकृतिक सन्तुलन कायम राख्नका लागि पनि योगदान पु¥याएको हुन्छ । पारिस्थितिकीय प्रणालीमा मौरीले लगाउने ठूलो गुन भनेको यसले विरुवाको फूलहरुबाट रस, पराग र खोटो संकलन गर्दा सघाउने परागसेचन प्रक्रिया हो जसले विरुवाको बीउ उत्पादन र आफ्नो अस्तित्वको निरन्तरका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । मौरीपालन व्यवसाय शुरु गर्नका लागि उत्तम समयका रुपमा फागुन देखी बैशाख र असोज कार्तिक महिना मानिन्छ जतिबेला मौरीका लागि प्रशस्त चरन हुन्छ र फूलहरु फुलेको पाइन्छ । भरपर्दो ब्यक्ति तथा मौरीफार्म बाट मौरी ल्याइ शरुमा २ देखी ५ घारबाट शरु गर्नु राम्रो मानिन्छ र विस्तारै घारहरु बढाउँदै लान सकिन्छ । घारलाई दक्षिण तथा पुर्वी मोहडामा फर्काएर, मान्छे तथा अन्य जनावरहरुको चलखेल कमहुने, हाबाहुरी बाट सुरक्षित, प्रशस्त चरन भएको, प्रशस्त सफा पानी भएको, शितल र उज्याले ठाउँमा राख्नु राम्रो मानिन्छ । यसर्थ नेपालको विविध जलवायुअनुकुलको प्रविधिहरुको प्रयोग गरि गुणस्तरिय तालिम लिएर मौरीपालन ब्यसाय गर्न सकिएको खण्डमा यसबाट आर्थिक उन्नतिहुन समय नलाग्ने देखिन्छ ।

इलाममा कृषिपर्यापर्यटन

पूर्वको मोति इलाम जिल्ला पर्यटन प्रचार प्रसार र प्रबद्र्धनका लागि महत्व बोकेको जिल्ला हो । प्राकृतिक स्रोतको प्रचुरता तथा सांस्कृतिक विविधताले गर्दा इलाममा विभिन्न प्रकारको पर्यटनको सम्भावना रहेको प्रष्ट देख्न सकिन्छ । सामान्य अवस्थामा पर्यटन भनेको मानिसहरुको आफ्नो बासस्थान देखी अन्य कुनै ठाउँमा हुने अस्थायी हिडडुल भन्ने बुझिन्छ । यो अस्थाइ हिडडुल विशेष गरी दुई प्रकारको उद्देश्यहरुको लागि गर्ने गरिन्छः की त विशेष कामको लागि गरिन्छ जस्तैः व्यापार, खेल, शिक्षा, धर्म, आदि; की त खाली समयको सदुपयोगका लागि गरिन्छ । इलाम जिल्लालाई यी दुवै प्रकारको उद्देश्यहरुको पुर्तिमा मा प्रयोग गर्न सकिन्छ र प्रयोग हुदैँ पनि आएको छ । यसै अवसरमा पर्यटनका विभिन्न स्वरुपहरु मध्ये यहाँका कृषक समुदायको लागि प्रत्यक्ष फाइदा पु¥याउन सक्ने तथा यहाँको वातावरण र जैविक विविधताको व्यवस्थापन तथा दिगो विकाससँग सम्बन्ध राख्ने र यहाँको कला र संस्कृति प्रति उत्तरदायि भई सञ्चालन गर्न सकिने माध्यमको रुपमा कृषिपर्यापर्यटनलाई प्रयोग गर्न सकिन्छ । कृषिपर्यापर्यटनले विशेषतः दुई पर्यटनका क्षेत्रहरुलाई समेटेको छः कृषि र पर्यावरण । हुनत विस्तृत रुपले अध्ययन गर्ने हो भने कृषि र पर्यावरण भनेका दुई विशाल क्षेत्रहरु हुन् जसलाई छुट्टाछुट्टै पनि प्रयोग गरि बिकास गर्न सकिन्छ । तर हाम्रो देशको अवस्थामा भने यी दुइ विशाल क्षेत्र एकअर्कामा नितान्त जेलिएका छन् । यसरी दुई विशाल क्षेत्रहरुलाई समेटेर कृषिपर्यापर्यटनको अवधारणालाई ल्याईएको छ जसलाई गरिबी निवारणको एक महत्वपूर्ण प्रयोग र प्राकृतिक श्रोतहरुको दिगो व्यवस्थापनका लागि स्थानिय समुदायको सक्रिय सहभागिता र प्रतिबद्धताको रुपमा परिचित गराउँदै सञ्चालन गर्न सकिन्छ । साधारण अर्थमा बुझ्नु पर्दा कृषिपर्यापर्यटन भन्नाले एक प्रकारको पर्यटननै हो भन्ने बुझ्नु पर्दछ जसको उद्देश्य हामीकहाँ भएका कृषिका आकर्षण र हामीलाई प्रकृतिले उपहार स्वरुप दिएको पर्यावरण (सामान्य अर्थमा वातावरण) को तथा यो पर्यावरणीय बासस्थानमा रहेका जैविक विविधताहरुको आकर्षणलाई पर्यटनको प्रमुख श्रोतका रुपमा प्रयोग गर्नु हो र यसबाट पर्यटकहरुलाई पर्यावरण तथा जैविक श्रोतहरु प्रति उत्तरदायि तथा सचेत गराउनु हो । निश्चय पनि इलाम कृषिमा निकै धनी, अग्रणी र प्रगति गरेको जिल्ला हो । यहाँको कृषिलाई पनि पर्यटनको प्रमुख आकर्षणका रुपमा प्रयोग गरी कृषक समुदायको आर्थिक स्तर उकास्न सकिन्छ । चिया खेतीमा निकै चर्चित जिल्लालाई विशेष गरेर ‘अ’ बाट शुरु भएका कृषिजन्य उपजहरुमा पनि नाम कमाएको जिल्लाको रुपमा विश्व समुदाय माझ परिचित गराउन सकिने सम्भावनाहरु स्पष्ट देख्न सकिन्छ । कृषिको दृष्टिकोणबाट ६ ‘अ’ को जिल्ला (जस्तैः आलु, अलैँची, अदुवा, अम्रिसो, अकबरे खुर्सानी र ओलन) ले परिचय गराईने इलामलाई मटरकोसा, रायो, काँक्रा, इस्कुस, लप्सी, केरा, आरु, नास्पाती, सुन्तला, बाँस, चिराइतो, लोक्ता, अर्गेली, सुगन्धवाल, विष, विषमा, लौठ सल्ला जस्ता उपजहरुलाई पनि महत्वपूर्ण श्रोतका रुपमा प्रचारप्रसार गर्न सकिन्छ । हुनत झट्ट हेर्दा कृषिबाट पनि पर्यटन फस्टाउला र ! भनेर सोच्नेहरुको जमात पनि हामीकहाँ नभएको होइन तर ८० प्रतिशत भन्दा पनि बढी सक्रिय जनसंख्या कृषिमा लागि परेको जिल्लामा कृषिका स्थानीय प्रविधिहरु, उत्पादन तथा उपजहरुको दिगो प्रयोग र उपयोग गरी कृषि पर्यटन प्रबद्र्धनमा ठूलो सम्भावना देख्न सकिन्छ । आलु, अलैँची, अदुवा, अम्रिसो, र मटरकोसा मुख्य खाधान्न बाली तथा नगदेबालीको रुपमा निकै नै प्रचलित छन् । पर्यटकहरुका लागि यहाँका कृषकहरुले पुर्खौँ देखी प्रयोग गर्दै आएको आलु रोप्ने परम्परागत छपछपे तरिका, कृृषक समुदायमाझ निकैनै चर्चित स्थानीय सेतो झ्याले आलु, बिटे आलु, ल्याङ्गफुले आलु; त्यसैगरी अलैँची रोप्ने तरिका, सरा काट्ने, दाना टिप्ने, स्थानीय भट्टीको अवलोकन र यसमा अलैँची सुकाउने तरिका; मटरकोसाको खेती; इस्कुसको खेती र यसका विभिन्न भागहरु (जस्तैः जरा, फल र मुन्टाहरु) को प्रयोग; रायोको सागको खेती तथा बीउ उत्पादन; अदुवा खेती र सुठो बनाउने तरिका; अम्रिसोबाट कुचो बनाउने तरिका; उच्च पहाडी क्षेत्रमा व्यवसायिक खेती गरिदै आएको तरकारीहरु जस्तैः बन्दा, काउली, भोटेमुला, र गाजर; ंर बाँस तथा बाँसबाट तयार गरिने विभिन्न सामाग्रीहरुलाई पनि कृषि पर्यटनका प्रमुख आकर्षणको रुपमा प्रयोग गर्न सकिन्छ । सुन्तला, लप्सी, आरु, नासपाती, आरुचा र अन्य खेती नगरिएका फलफूलहरुलाई पनि पर्यटन प्रबद्र्धनमा उपयोग गर्न सकिन्छ । पुष्प व्यवसाय पनि इलाममा निकै फस्टाउदै गएको पाइन्छ । हरेक घरघरमा तेल, मुरै, तथा अन्य सामाग्री सँग आएको प्लाष्टिक लाई उपयोग गरी विभिन्न प्रकारका फूलहरु जस्तैः विगोनिया (मगरकाँचे), सिनरीया, पेन्सी, आदिको घर सजावटमा प्रयोग हुदै आएको हामी देख्न सक्छौँ । सजावटको अलावा यस तरिका बाट खेर जाने तथा वातावरण प्रदुषण गराउने प्लाष्टिकको दिगो व्यवस्थापन पनि गर्न सहयोग पु¥याउने प्रष्ट देख्न सकिन्छ । व्यवसायिक स्तरमा उत्पादन हुँदै आएको ग्ल्याडियोलस पनि प्रमुख आकर्षण हुन सक्छ । त्यसैगरी जडीबुटीहरुमा चिराइतो खेती, दिगो संकलन र बीउ उत्पादन; अर्गेली र लोक्ताको खेती प्रविधि तथा स्थानीय स्तरमा गरिने प्रशोधन (बोक्रा तयार गर्ने) र नेपाली कागज उत्पादन गर्ने; लौठ सल्लाको खेती प्रविधि; प्रचलित ओखे आलुको खेती गर्ने तौरतरिका; अनि सुगन्धवाल, विष, विषमा, पाखानवेद जस्ता महत्वपूर्ण जडिबुटीहरुको अवलोकन र संरक्षणका स्थानीय तौरतरीकालाई पनि कृषि पर्यटनको महत्वपूर्ण पुर्वाधारको रुपमा प्रयोग गर्न सकिन्छ । प्राय मानिसहरुले सबेरै उठेर चुस्की लिन मन पराउने चियाको बोट कस्तो होला, कसरी खेती गरिन्छ होला, चिया पत्ती कसरी बनाइन्छ होला भन्ने जस्ता खुल्दुली मेटाउन इलामको चिया खेती सा¥है सहयोगी र आकर्षक हुन सक्छ । जसबाट भविश्यमा इलाममा चिया पर्यटनको राम्रो सम्भावना देखिएको छ । पशुपालनको क्षेत्रमा इलामले निकै प्रगति गरि सकेको छ । कृषि पर्यटनमा तल्लो पहाडी भेगमा किसानहरुले पाल्दै आएको जर्सी गाई अनि माथिल्लो पहाडी भेगमा प्रचलित सिरी गाई, सिरीकोे क्रस, चौँरी गाई, परम्परागत रुपमा सञ्चालन गर्दै आएको गोठपालन व्यवसाय तथा कृषिमा प्रयोग गरिने परम्परागत औजारहरु र परम्परागत रोग कीरा व्यवस्थापन गर्ने तरिकाहरुलाई पनि लिन सकिन्छ । ओलनका विभिन्न परिकारहरु जस्तैः सेरगेम बनाउने, छुर्पी बनाउने, चिज बनाउने तरिकाहरु देखाउनको लागि स्थानीय डेरीहरु तथा चिज कारखाना कृषि पर्यटनका पकेट क्षेत्रहरु हुन सक्छन् । चुरिया पहाड देखी मध्य पहाड हुदै उच्च पहाडी भेग सम्म फैलिएको इलाम जिल्लामा पर्यावरणीय पर्यटन (छोटकरीमा पर्यापर्यटन) को राम्रो सम्भावना देख्न सकिन्छ । हुनत सामान्य रुपमा प्रयोग गरिएको पर्यटनबाट पनि पर्यटकहरुले आनन्द लिदैँ आएका छन् तर पर्यापर्यटनको अवधारणाबाट पर्यटकहरुमा उनीहरुले मनोरञ्जन गर्न आएको ठाउँ अथवा पर्यटन सेवा प्रति उनीहरुलाई एक प्रकारको उत्तरदायित्वको भावना विकास गराइन्छ र पर्यापर्यटकहरुको यात्रालाई वातावरण र प्राकृतिक श्रोतको दिगो व्यवस्थापन प्रति उत्तरदायि बनाइन्छ । पर्यटकहरुले यहाँको पर्यावरण र जैविक तथा सांस्कृतिक विविधताको संरक्षण तथा दिगो व्यवस्थापनको लागि आफ्नो तहबाट सहयोग गर्न सक्छन् र त्यो सहयोग आर्थिक नभइ वातावरणीय हुन सक्छ । उदाहरणको लागि पर्यापर्यटकहरु जथाभावी फोहोरमैला गर्ने प्रति सचेत हुन सक्छन्, यहाँको जैविक विविधताको संरक्षणका बारेमा पनि सचेत हुन र गराउन सक्छन् । वास्तवमा पर्यापर्यटनले पर्यटकहरु र स्थानीय समुदायलाई अनुशासित गराई हामीकहाँ भएको प्राकृतिक श्रोतहरुको भावी पुस्ता अथवा सन्ततिहरुलाई पनि दिगो उपयोग गर्ने सुनिश्चितता प्रदान गर्न सहयोग पु¥याउँदछ । सामान्य अवधारणाको पर्यटनमा कुनै निश्चित पर्यटकीय आकर्षण तथा सेवाको भार वहन क्षमतालाई ख्याल नगरी पर्यटन प्रबद्र्धन गरिएको हुन्छ र यस किसिमको पर्यटनमा जसरी भएपनि बढी भन्दा बढी पर्यटकहरु भित्र्याउने र बढी नाफा कमाउने उद्देश्य लिइएको हुन्छ जसले गर्दा यस प्रकारको पर्यटन वातावरण मैत्री भएको पाइदैन । तर पर्यापर्यटनमा पर्यटकीय आकर्षण र सेवाहरुको भार वहन क्षमतालाई अनि वातावरण र प्राकृतिक श्रोतहरुको सन्तुलनमा विशेष प्राथमिकता दिइएको हुन्छ । यस प्रकारको पर्यटन वातावरण मैत्री हुन्छ जसको इलाममा निकै आवश्यक भएको र सम्भावना पनि रहेको पाइन्छ । सिद्धिथुम्का र गजुरमुखीबाट देखीने सुर्यास्त र प्राकृतिक भुदृष्य; छिन्टापु देखी सन्दकपुरसम्मको भुभाग बाट अवलोकन गर्न सकिने प्रकृतिक सौन्दर्यता तथा सुर्योदय र सुर्यास्त; अन्तुबाट देखीने सुर्योदय; माङमालुङको इतिहास; माईपोखरी र फुस्रेपोखरीको सुन्दरता तथा जैविक विविधता; विभिन्न सामुदायिक वनमा भएका वनस्पतिहरु (जस्तैः साल, गुराँस, चाँप, बज्राँट, फलाँट, लौठसल्ला, ठिङ्ग्रे सल्ला) को प्रजातिय विविधता; विभिन्न जडीबुटीहरु; पुँडे कुदो (रेडपान्डा), मृग, थार, बँदेल, भालु, डाँफे, मुनाल, काँडे भ्याकुर, सालक जस्ता जीवजन्तुहरुलाई पर्यापर्यटनका प्रमुख आकर्षण र सेवाहरुको रुपमा प्रयोग गरि यिनिहरुको संरक्षण र उचित व्यवस्थापनका लागि समुदायलाई सशक्त रुपमा परिचालन गर्न सकिन्छ । यसरी कृषि र पर्याबरणका पुर्वाधारहरुलाई प्रयोग गरेर इलाममा कृषिपर्यापर्यटनको प्रचारप्रसार र प्रबद्र्धन गर्न सकिन्छ । हुन त यो अवधारणालाई व्यवहारमा उतार्नको लागि हामीसँग विभिन्न चुनौतीहरु खडा परेका हुनसक्छन् जस्तैः विभिन्न स्थलहरुमा पुग्नको लागि मोटरबाटो र पैदलबाटोको निर्माण, पर्यटनको प्रचारप्रसार, स्थानीय समुदायको सक्रिय सहभागिता, जिल्लाका सरकारी र गैरसरकारी संघसंस्थाहरु बीचमा समन्वय आदि । तर पनि कृषिपर्यापर्यटन का यी सम्भावनाहरुलाई यथार्थमा बदल्नको लगि पर्यटन मन्त्रालय, इलाममा रहेका सरकारी संयन्त्रहरु (जस्तैः जिल्ला विकास समिति, जिल्ला वन कार्यालय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला प्रशासन कार्यालय, शहरी विकास तथा भवन निर्माण कार्यालय, जिल्ला भूसंरक्षण कार्यालय); त्यसैगरी गैरसरकारी संस्थाहरु (जस्तैः नामसालिङ सामुदायिक विकास केन्द्र, इलाम सहयोग परिषद, सुनगाभा विकास संस्था, महिला जागरण संघ, नारी विकास संघ, ग्रामिण पुनर्निर्माण नेपाल, रेड पान्डा नेटवर्क); सञ्चारमाध्यमहरु र स्थानीय स्तरमा रहेका समुदायमा आधारित संस्थाहरु र स्थानीय समुदाय बीचमा सहकार्य, सहमति र समन्वयको अति खाँचो देखिन्छ । कृषिपर्यापर्यटनको प्रचारप्रसार तथा प्रबद्र्धन गर्न र सञ्चालन गर्नको लागि स्थानीय स्तरमा सहकारी निर्माण गरेर अथवा स्थानीय समुदायको पूर्ण सहमतिमा कृषिपर्यापर्यटन प्रचारप्रसार तथा प्रबद्र्धन समुह वा संस्थाको स्थापना गरेर अथवा स्थानीय सामुदायिक बन उपभोक्ता समुहहरुको सशक्तिकरण गरेर यस अभियानको शुरुवात गर्न सकिन्छ र जसको माध्यमबाट अन्य संस्थाहरुसँग सहकार्य गरी पर्यटनको प्रचारप्रसार गर्न सकिन्छ । यसरी स्थापना गरिएको स्थानीय संस्थाले पर्यटकहरुलाई गाउँमै बस्ने व्यवस्था गर्ने, कृषिपर्यापर्यटनको विभिन्न प्याकेज तय गनेर्, पर्यटकहरुलाई आवश्यक पथप्रदर्शकहरुको व्यवस्था गर्ने, पर्यटकहरुले सम्झना स्वरुप लिएर जाने कोसेलीहरुको तयारी र कोसेली घर निर्माण गर्ने जस्ता कृयाकलापहरु सञ्चालन गरी पर्यटन व्यवसायलाई व्यवस्थित गर्न सक्छ । कोसेलीका रुपमा स्थानीय स्तरमा तयार गरिएका कृषि र बनजन्य उपजहरुको प्रयोग (जस्तैः प्रांगारिक चियापत्ती, ललीपप, अलैँची, कुचो, छुर्पी, चीज, सेरगेम, मर्चा, किनामा, बाँस र मालिङ्गोबाट तयार गरेका सामाग्रीहरु, टिम्बुर, चिराइतो, नेपाली कागज, आदि) गर्न सकिन्छ । यस प्रकारका कृषि र बनजन्य उपजहरुको प्रशोधन गरी कोसेली निर्माण गर्नको लागि स्थानीय स्तरमा लघु उधोगहरुको स्थापना गरी स्थानीय रोजगारीको सृजना गर्न सकिने सम्भावना स्पष्ट देख्न सकिन्छ । यसरी स्थानीय समुदायको अगुवाई र सक्रिय सहभागीतामा कृषिपर्यापर्यटनको सञ्चालन भएमा मात्र स्थानीय समुदायले पर्यटनबाट प्रत्यक्ष फाइदा लिई यहाँको प्रकृतिक श्रोतहरुको उचित व्यवस्थापनमा स्थानीय समुदायलाई सचेत बनाइ थप टेवा प्रदान गर्न सकिन्छ । Published in local daily (Sandakpur Dainik) from Ilam in 2008.

Conservation Agriculture: Future of Agriculture and Agriculture for Future

Conservation Agriculture is a resource-saving agricultural system approach to achieve sustained production and environmental conservation together with acceptable economic profits through the interventions of minimal soil disturbance, continuous soil cover, and crop rotation (FAO, 2007). Conservation Agriculture, in the context of changing environmental circumstances, is a sustainable approach to improve food security while maintaining the environmental sustainability of smallholder, marginalized farmers, particularly women living in the marginal lands of Asia and Africa. The international conference Frontiers in Conservation Agriculture in South Asia and Beyond (Organized by SANREM CRSP, University of Hawaii, and LI-BIRD with support from USAID) was developed to share useful knowledge, practices, and outcomes of conservation agriculture related research and interventions for the promotion of innovative conservation agriculture approaches. The conference highlighted recent findings and current research on conservation agriculture in South Asia and beyond, with an emphasis on presenting interdisciplinary scientific knowledge that incorporates the agricultural, economic and social sciences in the following research themes: -Conservation agriculture production technologies -Economics of conservation agriculture -Soil effects of conservation agriculture -Gender, food security and other issues in conservation agriculture 44 participants from 5 countries and varous research and development institutions participated in the conference. 6 experts during the plenary sessions shared their experiences on conservation agriculture from various backgrounds such as NGO, research institutions, bilateral agencies, extension, and university. Dr. Pashupati Chaudhary, Acting Executive Director of LI-BIRD highlighted on the need of integration of various approaches, institutional and human resources building, integration in policy and research and piloting of conservation agriculture production systems to promote conservation agriculture for enhancing food security of small holder farmers. He also share experiences of LI-BIRD about conservation agriculture with focus on integrated home gardens, community biodiversity management, integrated hedgerow for sloping land management, and neglected and underutilized species for promoting Conservation Agriculture to their various impact groups. Dr. Adrian Ares, Director of Feed the Future [FtF] Food Security Innovation Lab: Collaborative Research on Sustainable Agriculture and Natural Resource Management [SANREM] focused on increasing need of enhancing food security and income of small holder farmers in the world. Dr. Ares briefed about the focus species of FtF such as maize, rice, pulses and high value vegetables. In this context, he highlighted the importance of SANREM that focuses system through science based program. He shared the success stories of conservation agriculture in various countries of SANREM that are helpful to reduce land degradation due to the use of external inputs and chemical agriculture. Still, Dr. Ares shared some of the challenges of Conservation Agriculture such as related to agronomy related to cropping options, socioeconomy related to adoption by communities and societies, institutional barriers such as governmental policies and institutional capacities, multidisciplinary that requires various experts and expertise, and challenges of scaling up. Dr. Dil P Sherchan, Cereal System Initiatives in South Asia [CSISA] program of USAID shared lessons learned of the project including opportunities and challenges. According to him, CSISA is currently implementing conservation agriculture based resource conservation technology in 16 districts of Nepal. They have found an increase in adoption of conservation agriculture technology over the time. These technologies include zero tilled wheat production, direct seeded rice, and etc. Compared to traditional agricultural operations, conservation agriculture technologies are beneficial as labor shortage is a major constraint in Terai region of Nepal for crop production. Conservation agriculture technologies have also helped farmers to exploit fallows. According to their experiences, Mung and Zero tillage are offering good opportunities for farmers to exploit fallows. However, Dr. Sherchan briefed some challenges in its promotions due to challenges of weed management, land fragmentation, limited machinery, fuel competition, and limited capacity. Dr. M.L. Jat, Senior Scientist, CIMMYT, in his plenary speech boldly put benefits of conservation agriculture to mitigate the challenges of food security and glbal climate change and in the context when there is a need of improved management practices to reduce yield gap and crop management. He also stressed the need of participatory and multi-stakeholder approach to deal with transition phase when moving from the traditional or modern farming system to conservation agricultural production system. He believed on promoting conservation agriculture through local adoption, partnership, and doing adaptive research. And that is why Dr. Jat confidently said for a higher adoption of conservation agriculture over time due to its high water use efficiency, no conflict with livestock, benefits of residue to deal with water stress, and improving carbon sequestration. Hence, he focused on the need of optimizing the system for weed management, nutrient management and water management through adoption of conservation agriculture. Regarding constraints, Dr. Jat raised the issues of adoption constraints due to less access to conservation agriculture machinery and also the mindset of researchers, extension agencies and farmers. However, his main thrust was Conservation Agriculture is an agriculture of future and the future of agriculture. Mr. Hom Raj Bista, Senior Agriculture Officer, District Agriculture Development Office [DADO] Dhading, Government of Nepal talked about national context of agricultural cultivation that uses frequent cultivation leading to increased rate of soil erosion. He said an opportunity of conservation agriculture in Nepalese context to address labor migration and increase farm productivity as Nepalese farmers need more yield per unit land. Mr. Bista suggested to carry out more research with respect to farm income, plant residue management, local needs, local climate change and mechanization of conservation agriculture. According to him, in line with agricultural policy of Nepal, conservation agriculture has potentiality to be integrated and translated in local level through integrated management of resources. Dr. Chittaranjan Ray, Professor of University of Hawaii highlighted on the need of promoting conservation agriculture in the marginal and soil erosion affected lands of developing countries like Nepal, India, Africa and other areas of the world. Altogether 23 papers were presented on 4 themes namely: Conservation agriculture production technologies, Economics of conservation agriculture, soil effects of conservation agriculture, and gender, food security and other issues in conservation agriculture. Besides, 12 posters were also displayed. 6 participants of the conference visited ICIMOD Knowledge Park on next day to see various conservation agriculture related technologies demonstrated for mountain ecosystems. The conference was held on Hotel Himalaya, Lalitpur, Nepal on 26 March 2013. Reference: Food and Agriculture Organization (FAO) 2007. Agriculture and Consumer Protection Department. Rome, Italy Available from http://www.fao.org/ag/ca/ [accessed on 20 Dec 2012]

Sunday, June 2, 2013

सिमसार र समुदाय

सिमसार भनेको जहाँ बर्षै भरि अथवा कुनै मौषममा प्रचुर मात्रामा पानी रही कुनै खासप्रकारको बनस्पति तथा प्राणीहरुको जीवनचक्रलाई पुरा गराउने प्रणालीको विकास भएको जमिनको कुनै भुभाग भन्ने बुझिन्छ । हाम्रो सन्दर्भमा यसलाई सिम, दलदल, घोल आदि जस्ता नामबाट पनि बुझिन्छ । पर्यावरणीय हिसाबले सिमसार एक पारिस्थितिकिय प्रणाली हो जसले बातावरणीय सन्तुलनका लागि विभिन्न महत्वपूर्ण भूमिका खेलेको हुन्छ । मुख्यतया पानीको सफाई, बाढी नियन्त्रण र जैविक विविधताको बासस्थानका रुपमा सिमसारको महत्वलाई हेर्न सकिन्छ । सिमसार विभिन्न प्रकारका बनस्पतिहरु जस्तै पानीमुनी पाइने बनस्पतिहरु, सतहमा पाइने बनस्पतिहरु तथा वरिपरि रुख तथा बुट्यानहरु तथा विभिन्न प्रकारका जीवहरु जस्तै माछा, भ्यागुताहरु, कछुवा, सर्प, गोही, छेपारोहरु, कीटपतङ्ग लगाएत ठूलाठूला जनावरहरुको आश्रयस्थल पनि हो । हाम्रो जस्तो देशमा सिमसारले समुदाय वा समाजलाई विभिन्न सेवाहरु पु¥याउँदै आएको छ र जसका कारण विभिन्न आदिबासी समुदायको जीविकोपार्जन र संस्कृति पनि सिमसार सँग जोडिएको पाइन्छ । सिमसारबाट समुदायले विशेष गरि जस्तैः तरकारीहरु, माछा, घोँगी, सिमलकाँडे, लगाएतका विभिन्न खाध पदार्थहरु उपयोग गरेका हुन्छन् भने सिमसारले कतिपय उर्बर जमिनलाई सिँचाइका लागि पनि पानीको आपुर्ति गराएको हुन्छ । त्यसै गरी सिमसारमा पाइने विभिन्न बनस्पति र सुक्ष्म जीवाणुहरुले गर्दा विभिन्न वन्यजन्तुहरु तथा चराचुरुङ्गीहरुको जीवनचक्र पुरा हुन सम्भव भएको छ । विश्वका धेरै ठाउँहरुमा विकास निर्माण सँगसँगै भित्रिएका विभिन्न मानवीय क्रियाकलापहरु जस्तैः बन विनास, रासायिनक मल र विषाधिको अत्याधिक प्रयोग, सडक निर्माण, बस्तीविकास, र मानविय अतिक्रमण तथा जलवायु परिवर्तन बाट सिर्जित प्रभाव र खतराहरुले सिमसार र यसमा निहित श्रोतहरु संकटासन्न अवस्थामा पुगेको छ । विश्वका सिमसारहरुमा परेको चुनौतीहरुलाई समाधान गरी सिमसारहरुको स्थानीय र राष्टिय कार्ययोजना सहित र अन्तराष्टिय सहकार्य बढाई सिमसारहरुको दिगो व्यवस्थापनका लागि सन् १९७१ मा इरानको रामसार शहरमा अन्तराष्टिय महत्वका सिमसारहरु सम्बन्धि महासन्धीको आयोजना भएको थियो जसलाई रामसार महासन्धिका नामले चिनिँदै आएको छ । उक्त महासन्धिमा नेपाल सहित अहिले सम्म १६४ देशहरुले हस्तक्षर गरिसकेका छन् । रामसार महासन्धिले अन्तराष्ट्रिय महत्वका सिमसारहरुलाई रामसार सुचिमा राखी दिगो व्यवस्थापनका तौरतरिकाहरुको कार्यन्वयन गर्नका लागि सम्बन्धित राष्ट्र, समुदायहरु र सरोकारवालाहरुलाई परिचालन गर्ने गर्दछ । सन् २०१३ सम्ममा विश्वका २०८३ सिमसारहरु रामसार सुचिमा परेका छन् जसको क्षेत्रफल भारतको कुल खेतीयोग्य जमिनको बराबर हुन आउँछ भने यो सुचिमा नेपालका ९ वटा सिमसारहरु परेका छन् । अहिले सम्म नेपालबाट पूर्वको कोशीटप्पु बन्यजन्तु क्षेत्र, चितवनको बीसहजार ताल, कैलालीको घोडाघोडी ताल, कपिलबस्तुको जगदीशपुर जलाशय, सोलुखुम्बुको गोक्यो र आसपासको तालहरु, रसुवाको गोसाइकुण्ड, डोल्पाको फोक्सुण्डो ताल, मुगुको राराताल र इलामको माइपोखरी रामसार सुचीमा परेका छन् । यसै सन्दर्भमा नेपालको परिप्रेक्ष्यमा सिमसार र समुदायको अन्योन्याश्रित सम्बन्धलाई मध्यनजर राखी सिमसारहरुको दिगो व्यवस्थापन गर्न सकेमा समुदायको दीगो जीविकोपार्जन र जलवायु परिवर्तनबाट हुने समस्याहरुसँग अनुकुल हुनका लागि पनि सिमसारबाट प्रत्यक्ष फाइदा लिन सकिन्छ । त्यसैले हाम्रो समाजको दिगो विकास र जीविकापार्जनका लागि समुदायमा आधारित सिमसार ब्यवस्थापनका उपायहरुको प्रयोग र प्रवर्धन गर्दै अति सिमान्तकृत समुदायहरुलाई पनि यसको व्यवस्थापन र यसबाट हुने लाभको न्यायोचित वितरणमा संलग्न गराउनु आजको आवश्यकता रहेको छ ।