इलाममा कृषिपर्यापर्यटन

पूर्वको मोति इलाम जिल्ला पर्यटन प्रचार प्रसार र प्रबद्र्धनका लागि महत्व बोकेको जिल्ला हो । प्राकृतिक स्रोतको प्रचुरता तथा सांस्कृतिक विविधताले गर्दा इलाममा विभिन्न प्रकारको पर्यटनको सम्भावना रहेको प्रष्ट देख्न सकिन्छ । सामान्य अवस्थामा पर्यटन भनेको मानिसहरुको आफ्नो बासस्थान देखी अन्य कुनै ठाउँमा हुने अस्थायी हिडडुल भन्ने बुझिन्छ । यो अस्थाइ हिडडुल विशेष गरी दुई प्रकारको उद्देश्यहरुको लागि गर्ने गरिन्छः की त विशेष कामको लागि गरिन्छ जस्तैः व्यापार, खेल, शिक्षा, धर्म, आदि; की त खाली समयको सदुपयोगका लागि गरिन्छ । इलाम जिल्लालाई यी दुवै प्रकारको उद्देश्यहरुको पुर्तिमा मा प्रयोग गर्न सकिन्छ र प्रयोग हुदैँ पनि आएको छ । यसै अवसरमा पर्यटनका विभिन्न स्वरुपहरु मध्ये यहाँका कृषक समुदायको लागि प्रत्यक्ष फाइदा पु¥याउन सक्ने तथा यहाँको वातावरण र जैविक विविधताको व्यवस्थापन तथा दिगो विकाससँग सम्बन्ध राख्ने र यहाँको कला र संस्कृति प्रति उत्तरदायि भई सञ्चालन गर्न सकिने माध्यमको रुपमा कृषिपर्यापर्यटनलाई प्रयोग गर्न सकिन्छ । कृषिपर्यापर्यटनले विशेषतः दुई पर्यटनका क्षेत्रहरुलाई समेटेको छः कृषि र पर्यावरण । हुनत विस्तृत रुपले अध्ययन गर्ने हो भने कृषि र पर्यावरण भनेका दुई विशाल क्षेत्रहरु हुन् जसलाई छुट्टाछुट्टै पनि प्रयोग गरि बिकास गर्न सकिन्छ । तर हाम्रो देशको अवस्थामा भने यी दुइ विशाल क्षेत्र एकअर्कामा नितान्त जेलिएका छन् । यसरी दुई विशाल क्षेत्रहरुलाई समेटेर कृषिपर्यापर्यटनको अवधारणालाई ल्याईएको छ जसलाई गरिबी निवारणको एक महत्वपूर्ण प्रयोग र प्राकृतिक श्रोतहरुको दिगो व्यवस्थापनका लागि स्थानिय समुदायको सक्रिय सहभागिता र प्रतिबद्धताको रुपमा परिचित गराउँदै सञ्चालन गर्न सकिन्छ । साधारण अर्थमा बुझ्नु पर्दा कृषिपर्यापर्यटन भन्नाले एक प्रकारको पर्यटननै हो भन्ने बुझ्नु पर्दछ जसको उद्देश्य हामीकहाँ भएका कृषिका आकर्षण र हामीलाई प्रकृतिले उपहार स्वरुप दिएको पर्यावरण (सामान्य अर्थमा वातावरण) को तथा यो पर्यावरणीय बासस्थानमा रहेका जैविक विविधताहरुको आकर्षणलाई पर्यटनको प्रमुख श्रोतका रुपमा प्रयोग गर्नु हो र यसबाट पर्यटकहरुलाई पर्यावरण तथा जैविक श्रोतहरु प्रति उत्तरदायि तथा सचेत गराउनु हो । निश्चय पनि इलाम कृषिमा निकै धनी, अग्रणी र प्रगति गरेको जिल्ला हो । यहाँको कृषिलाई पनि पर्यटनको प्रमुख आकर्षणका रुपमा प्रयोग गरी कृषक समुदायको आर्थिक स्तर उकास्न सकिन्छ । चिया खेतीमा निकै चर्चित जिल्लालाई विशेष गरेर ‘अ’ बाट शुरु भएका कृषिजन्य उपजहरुमा पनि नाम कमाएको जिल्लाको रुपमा विश्व समुदाय माझ परिचित गराउन सकिने सम्भावनाहरु स्पष्ट देख्न सकिन्छ । कृषिको दृष्टिकोणबाट ६ ‘अ’ को जिल्ला (जस्तैः आलु, अलैँची, अदुवा, अम्रिसो, अकबरे खुर्सानी र ओलन) ले परिचय गराईने इलामलाई मटरकोसा, रायो, काँक्रा, इस्कुस, लप्सी, केरा, आरु, नास्पाती, सुन्तला, बाँस, चिराइतो, लोक्ता, अर्गेली, सुगन्धवाल, विष, विषमा, लौठ सल्ला जस्ता उपजहरुलाई पनि महत्वपूर्ण श्रोतका रुपमा प्रचारप्रसार गर्न सकिन्छ । हुनत झट्ट हेर्दा कृषिबाट पनि पर्यटन फस्टाउला र ! भनेर सोच्नेहरुको जमात पनि हामीकहाँ नभएको होइन तर ८० प्रतिशत भन्दा पनि बढी सक्रिय जनसंख्या कृषिमा लागि परेको जिल्लामा कृषिका स्थानीय प्रविधिहरु, उत्पादन तथा उपजहरुको दिगो प्रयोग र उपयोग गरी कृषि पर्यटन प्रबद्र्धनमा ठूलो सम्भावना देख्न सकिन्छ । आलु, अलैँची, अदुवा, अम्रिसो, र मटरकोसा मुख्य खाधान्न बाली तथा नगदेबालीको रुपमा निकै नै प्रचलित छन् । पर्यटकहरुका लागि यहाँका कृषकहरुले पुर्खौँ देखी प्रयोग गर्दै आएको आलु रोप्ने परम्परागत छपछपे तरिका, कृृषक समुदायमाझ निकैनै चर्चित स्थानीय सेतो झ्याले आलु, बिटे आलु, ल्याङ्गफुले आलु; त्यसैगरी अलैँची रोप्ने तरिका, सरा काट्ने, दाना टिप्ने, स्थानीय भट्टीको अवलोकन र यसमा अलैँची सुकाउने तरिका; मटरकोसाको खेती; इस्कुसको खेती र यसका विभिन्न भागहरु (जस्तैः जरा, फल र मुन्टाहरु) को प्रयोग; रायोको सागको खेती तथा बीउ उत्पादन; अदुवा खेती र सुठो बनाउने तरिका; अम्रिसोबाट कुचो बनाउने तरिका; उच्च पहाडी क्षेत्रमा व्यवसायिक खेती गरिदै आएको तरकारीहरु जस्तैः बन्दा, काउली, भोटेमुला, र गाजर; ंर बाँस तथा बाँसबाट तयार गरिने विभिन्न सामाग्रीहरुलाई पनि कृषि पर्यटनका प्रमुख आकर्षणको रुपमा प्रयोग गर्न सकिन्छ । सुन्तला, लप्सी, आरु, नासपाती, आरुचा र अन्य खेती नगरिएका फलफूलहरुलाई पनि पर्यटन प्रबद्र्धनमा उपयोग गर्न सकिन्छ । पुष्प व्यवसाय पनि इलाममा निकै फस्टाउदै गएको पाइन्छ । हरेक घरघरमा तेल, मुरै, तथा अन्य सामाग्री सँग आएको प्लाष्टिक लाई उपयोग गरी विभिन्न प्रकारका फूलहरु जस्तैः विगोनिया (मगरकाँचे), सिनरीया, पेन्सी, आदिको घर सजावटमा प्रयोग हुदै आएको हामी देख्न सक्छौँ । सजावटको अलावा यस तरिका बाट खेर जाने तथा वातावरण प्रदुषण गराउने प्लाष्टिकको दिगो व्यवस्थापन पनि गर्न सहयोग पु¥याउने प्रष्ट देख्न सकिन्छ । व्यवसायिक स्तरमा उत्पादन हुँदै आएको ग्ल्याडियोलस पनि प्रमुख आकर्षण हुन सक्छ । त्यसैगरी जडीबुटीहरुमा चिराइतो खेती, दिगो संकलन र बीउ उत्पादन; अर्गेली र लोक्ताको खेती प्रविधि तथा स्थानीय स्तरमा गरिने प्रशोधन (बोक्रा तयार गर्ने) र नेपाली कागज उत्पादन गर्ने; लौठ सल्लाको खेती प्रविधि; प्रचलित ओखे आलुको खेती गर्ने तौरतरिका; अनि सुगन्धवाल, विष, विषमा, पाखानवेद जस्ता महत्वपूर्ण जडिबुटीहरुको अवलोकन र संरक्षणका स्थानीय तौरतरीकालाई पनि कृषि पर्यटनको महत्वपूर्ण पुर्वाधारको रुपमा प्रयोग गर्न सकिन्छ । प्राय मानिसहरुले सबेरै उठेर चुस्की लिन मन पराउने चियाको बोट कस्तो होला, कसरी खेती गरिन्छ होला, चिया पत्ती कसरी बनाइन्छ होला भन्ने जस्ता खुल्दुली मेटाउन इलामको चिया खेती सा¥है सहयोगी र आकर्षक हुन सक्छ । जसबाट भविश्यमा इलाममा चिया पर्यटनको राम्रो सम्भावना देखिएको छ । पशुपालनको क्षेत्रमा इलामले निकै प्रगति गरि सकेको छ । कृषि पर्यटनमा तल्लो पहाडी भेगमा किसानहरुले पाल्दै आएको जर्सी गाई अनि माथिल्लो पहाडी भेगमा प्रचलित सिरी गाई, सिरीकोे क्रस, चौँरी गाई, परम्परागत रुपमा सञ्चालन गर्दै आएको गोठपालन व्यवसाय तथा कृषिमा प्रयोग गरिने परम्परागत औजारहरु र परम्परागत रोग कीरा व्यवस्थापन गर्ने तरिकाहरुलाई पनि लिन सकिन्छ । ओलनका विभिन्न परिकारहरु जस्तैः सेरगेम बनाउने, छुर्पी बनाउने, चिज बनाउने तरिकाहरु देखाउनको लागि स्थानीय डेरीहरु तथा चिज कारखाना कृषि पर्यटनका पकेट क्षेत्रहरु हुन सक्छन् । चुरिया पहाड देखी मध्य पहाड हुदै उच्च पहाडी भेग सम्म फैलिएको इलाम जिल्लामा पर्यावरणीय पर्यटन (छोटकरीमा पर्यापर्यटन) को राम्रो सम्भावना देख्न सकिन्छ । हुनत सामान्य रुपमा प्रयोग गरिएको पर्यटनबाट पनि पर्यटकहरुले आनन्द लिदैँ आएका छन् तर पर्यापर्यटनको अवधारणाबाट पर्यटकहरुमा उनीहरुले मनोरञ्जन गर्न आएको ठाउँ अथवा पर्यटन सेवा प्रति उनीहरुलाई एक प्रकारको उत्तरदायित्वको भावना विकास गराइन्छ र पर्यापर्यटकहरुको यात्रालाई वातावरण र प्राकृतिक श्रोतको दिगो व्यवस्थापन प्रति उत्तरदायि बनाइन्छ । पर्यटकहरुले यहाँको पर्यावरण र जैविक तथा सांस्कृतिक विविधताको संरक्षण तथा दिगो व्यवस्थापनको लागि आफ्नो तहबाट सहयोग गर्न सक्छन् र त्यो सहयोग आर्थिक नभइ वातावरणीय हुन सक्छ । उदाहरणको लागि पर्यापर्यटकहरु जथाभावी फोहोरमैला गर्ने प्रति सचेत हुन सक्छन्, यहाँको जैविक विविधताको संरक्षणका बारेमा पनि सचेत हुन र गराउन सक्छन् । वास्तवमा पर्यापर्यटनले पर्यटकहरु र स्थानीय समुदायलाई अनुशासित गराई हामीकहाँ भएको प्राकृतिक श्रोतहरुको भावी पुस्ता अथवा सन्ततिहरुलाई पनि दिगो उपयोग गर्ने सुनिश्चितता प्रदान गर्न सहयोग पु¥याउँदछ । सामान्य अवधारणाको पर्यटनमा कुनै निश्चित पर्यटकीय आकर्षण तथा सेवाको भार वहन क्षमतालाई ख्याल नगरी पर्यटन प्रबद्र्धन गरिएको हुन्छ र यस किसिमको पर्यटनमा जसरी भएपनि बढी भन्दा बढी पर्यटकहरु भित्र्याउने र बढी नाफा कमाउने उद्देश्य लिइएको हुन्छ जसले गर्दा यस प्रकारको पर्यटन वातावरण मैत्री भएको पाइदैन । तर पर्यापर्यटनमा पर्यटकीय आकर्षण र सेवाहरुको भार वहन क्षमतालाई अनि वातावरण र प्राकृतिक श्रोतहरुको सन्तुलनमा विशेष प्राथमिकता दिइएको हुन्छ । यस प्रकारको पर्यटन वातावरण मैत्री हुन्छ जसको इलाममा निकै आवश्यक भएको र सम्भावना पनि रहेको पाइन्छ । सिद्धिथुम्का र गजुरमुखीबाट देखीने सुर्यास्त र प्राकृतिक भुदृष्य; छिन्टापु देखी सन्दकपुरसम्मको भुभाग बाट अवलोकन गर्न सकिने प्रकृतिक सौन्दर्यता तथा सुर्योदय र सुर्यास्त; अन्तुबाट देखीने सुर्योदय; माङमालुङको इतिहास; माईपोखरी र फुस्रेपोखरीको सुन्दरता तथा जैविक विविधता; विभिन्न सामुदायिक वनमा भएका वनस्पतिहरु (जस्तैः साल, गुराँस, चाँप, बज्राँट, फलाँट, लौठसल्ला, ठिङ्ग्रे सल्ला) को प्रजातिय विविधता; विभिन्न जडीबुटीहरु; पुँडे कुदो (रेडपान्डा), मृग, थार, बँदेल, भालु, डाँफे, मुनाल, काँडे भ्याकुर, सालक जस्ता जीवजन्तुहरुलाई पर्यापर्यटनका प्रमुख आकर्षण र सेवाहरुको रुपमा प्रयोग गरि यिनिहरुको संरक्षण र उचित व्यवस्थापनका लागि समुदायलाई सशक्त रुपमा परिचालन गर्न सकिन्छ । यसरी कृषि र पर्याबरणका पुर्वाधारहरुलाई प्रयोग गरेर इलाममा कृषिपर्यापर्यटनको प्रचारप्रसार र प्रबद्र्धन गर्न सकिन्छ । हुन त यो अवधारणालाई व्यवहारमा उतार्नको लागि हामीसँग विभिन्न चुनौतीहरु खडा परेका हुनसक्छन् जस्तैः विभिन्न स्थलहरुमा पुग्नको लागि मोटरबाटो र पैदलबाटोको निर्माण, पर्यटनको प्रचारप्रसार, स्थानीय समुदायको सक्रिय सहभागिता, जिल्लाका सरकारी र गैरसरकारी संघसंस्थाहरु बीचमा समन्वय आदि । तर पनि कृषिपर्यापर्यटन का यी सम्भावनाहरुलाई यथार्थमा बदल्नको लगि पर्यटन मन्त्रालय, इलाममा रहेका सरकारी संयन्त्रहरु (जस्तैः जिल्ला विकास समिति, जिल्ला वन कार्यालय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला प्रशासन कार्यालय, शहरी विकास तथा भवन निर्माण कार्यालय, जिल्ला भूसंरक्षण कार्यालय); त्यसैगरी गैरसरकारी संस्थाहरु (जस्तैः नामसालिङ सामुदायिक विकास केन्द्र, इलाम सहयोग परिषद, सुनगाभा विकास संस्था, महिला जागरण संघ, नारी विकास संघ, ग्रामिण पुनर्निर्माण नेपाल, रेड पान्डा नेटवर्क); सञ्चारमाध्यमहरु र स्थानीय स्तरमा रहेका समुदायमा आधारित संस्थाहरु र स्थानीय समुदाय बीचमा सहकार्य, सहमति र समन्वयको अति खाँचो देखिन्छ । कृषिपर्यापर्यटनको प्रचारप्रसार तथा प्रबद्र्धन गर्न र सञ्चालन गर्नको लागि स्थानीय स्तरमा सहकारी निर्माण गरेर अथवा स्थानीय समुदायको पूर्ण सहमतिमा कृषिपर्यापर्यटन प्रचारप्रसार तथा प्रबद्र्धन समुह वा संस्थाको स्थापना गरेर अथवा स्थानीय सामुदायिक बन उपभोक्ता समुहहरुको सशक्तिकरण गरेर यस अभियानको शुरुवात गर्न सकिन्छ र जसको माध्यमबाट अन्य संस्थाहरुसँग सहकार्य गरी पर्यटनको प्रचारप्रसार गर्न सकिन्छ । यसरी स्थापना गरिएको स्थानीय संस्थाले पर्यटकहरुलाई गाउँमै बस्ने व्यवस्था गर्ने, कृषिपर्यापर्यटनको विभिन्न प्याकेज तय गनेर्, पर्यटकहरुलाई आवश्यक पथप्रदर्शकहरुको व्यवस्था गर्ने, पर्यटकहरुले सम्झना स्वरुप लिएर जाने कोसेलीहरुको तयारी र कोसेली घर निर्माण गर्ने जस्ता कृयाकलापहरु सञ्चालन गरी पर्यटन व्यवसायलाई व्यवस्थित गर्न सक्छ । कोसेलीका रुपमा स्थानीय स्तरमा तयार गरिएका कृषि र बनजन्य उपजहरुको प्रयोग (जस्तैः प्रांगारिक चियापत्ती, ललीपप, अलैँची, कुचो, छुर्पी, चीज, सेरगेम, मर्चा, किनामा, बाँस र मालिङ्गोबाट तयार गरेका सामाग्रीहरु, टिम्बुर, चिराइतो, नेपाली कागज, आदि) गर्न सकिन्छ । यस प्रकारका कृषि र बनजन्य उपजहरुको प्रशोधन गरी कोसेली निर्माण गर्नको लागि स्थानीय स्तरमा लघु उधोगहरुको स्थापना गरी स्थानीय रोजगारीको सृजना गर्न सकिने सम्भावना स्पष्ट देख्न सकिन्छ । यसरी स्थानीय समुदायको अगुवाई र सक्रिय सहभागीतामा कृषिपर्यापर्यटनको सञ्चालन भएमा मात्र स्थानीय समुदायले पर्यटनबाट प्रत्यक्ष फाइदा लिई यहाँको प्रकृतिक श्रोतहरुको उचित व्यवस्थापनमा स्थानीय समुदायलाई सचेत बनाइ थप टेवा प्रदान गर्न सकिन्छ । Published in local daily (Sandakpur Dainik) from Ilam in 2008.

Comments

Popular Posts