मौरी र मौरीपालन
नेपाललाई मौरीपालनका लागि उत्तम हावापानी भएको देशका रुपमा लिन सकिन्छ । मैरीका लागि यहाँ विभिन्न प्रकारका चरन श्रोतहरु भएकाले नेपालमा सबै जातिका मौरी हरु पाइन्छन् । आर्थिक दृष्टिकोणले भिर मौरी, सिंगुस, सेरेना, मेलिफेरा र कठचौरी मौरीहरु लाई विशेष किसिमले लिइएको छ ।
मौरीका विभिन्न जातीमध्ये भिर मौरी (एपिस लेबोरिओसा) सबैभन्दा ठूलो मौरी हो, कठचौरी मौरी (एपिस फ्लोरिया) सबै भन्दा सानो मौरी हो भने सेरेना र मेल्लिफेरालाई घरपालुवा मौरीका रुपमा लिइन्छ । मेल्लिफेरा बाहेक भिरमौरी, सिंगुस, सेरेना र कठचौरी मौरी नेपालका स्थानीय मौरी हुन भने मेल्लिफेरा यूरोपबाट आयात गरिएको मौरी हो । नेपालमा ब्यवसायिक रुपमा मौरीपालनलाई प्रबर्धन गर्न थालिएको करिब २०५० सालदेखी हो जुनबेला नेपालमा मेल्लिफेरा मौरीलाई नेपालमा ल्याइयो ।
सेरेना र मेल्लिफेरालाई घारमा पाल्न सकिने र यिनले धेरै चाकाहरु ब्नाउन सक्ने भएकोले नै घरपालुवा मौरीका रुपमा लिइएको छ । तर भिर मौरी, सिंगुस र अन्य जंगलीमौरीहरु ले एउटा मात्र चाका बनाउन सक्छन् जसमा मह, आफ्नो समुह र बच्चाहरुलाई एक साथ अटाउनु पर्ने हुन्छ । यसका अतिरिक्त जंगलीमौरीहरुले खुल्ला र प्रकाश पुग्ने ठाउँ मा मात्र चाका बनाउन सक्ने भएकोली यिनिहरुलाई घरपालुवामौरीका झै घारमा पाल्न सकिदैन ।
मह उत्पादनका हिसाबले हेर्दा जंगली मौरीबाट हुने उत्पादकत्व बढी पाइएको छ । झट्ट हेर्दा मौरीपालन महका लागि मात्र गरिन्छ भन्ने गरिन्छ । बास्तवमा धेरै कृषकहरुले महका लागि नै मौरी पालिरहेको पाइन्छ र धेरै संघसंस्थाहरुले पनि महका लागि नै मौरीपालन ब्यवसाय प्रबद्र्धन गरेको पाइन्छ । तर पनि मौरी पालनबाट मह उत्पादनका अलावा अन्य उत्पादनहरु जस्तै सुख्खा पराग, मैन, मौरी खोटो (प्रोपोलिस), शाही खुराक (रोयल जेली) र मौरी विष (बी भेनोम) पनि उत्पादन गरी अर्थोपार्जन गर्न सकिन्छ । यी सबै पदार्थहरु कर्मी मौरीले मात्र उत्पादन गर्दछ ।
मौरी पालनबाट उत्पादन गर्न सकिने विभिन्न पदार्थहरु मध्ये मह, पराग र खोटो लाई मौरीले विरुवा बाट जम्मा गर्दछ भने मैन, शाही खुराक र मौरी विष मौरीहरु आफैले बनाउने गर्दछन् । यी मध्ये महविष सबै भन्दा महँगो पर्दछ ।
मैन मौरीका लागि अति नै उपायोगी पदार्थ हो । मौरीमा चार जोडी मैन ग्रन्थीहरु हुन्छन् जसबाट मौरीले मैन तयार पार्दछ । मौरीले मैनलाई चाका बनाउन, चाका मर्मत गर्न, अण्डा र रानी मौरीलाई बन्दगरी राख्न र अन्य अनाबश्यक प्वाल र फुटेको ठाउँहरु बन्द गर्नका लागि प्रयोग गर्दछन् । मौरीका अतिरिक्त मानिसले मैनको प्रयोग आधार चाका तयार पार्नका लागि, रानीमौरीलाई राख्ने रानी कप बनाउन र अन्य कस्मेटिक का समानहरु, चम्कने पदार्थहरु र औषधिको क्याप्सुन बनाउनका लागि प्रयोग गर्दछन् ।
बिरुवा बाट जम्मा गर्ने परागबाट मौरीले आफूलाई आवश्यक पर्ने प्रोटिन, खनिज तत्वहरु, भिटामिन आदिको पुर्ति गर्दछन् भने बच्चाहुर्काउनका लागि मौरीले परागको प्रयोग गर्दछन् । मौरीले संकलन गर्ने परागबाट मौरी रोटी (बी ब्रेड) तयार गर्नका लागि मानिसहरुले पराग विक्री गर्दछन् ।
मौरीले संकलन गर्ने खोटोलाई विभिन्न औषधि उत्पादनका लागि प्रयोग गरिन्छ । यसलाई शक्तिबर्धक पनि मानिन्छ ।
मौरीले शाही खुराकको प्रयोग १ देखि ३ दिन को सबैलार्भालाई र रानीलाई खुवाउनका लागि उत्पादन गर्दछन् । लार्भाबाट कर्मी मौरी बन्नेकी रानी मैरी बन्ने प्रक्रियालाई शाही खुराकको मात्राले निर्धारण गर्दछ । कर्मी मौरीले १ देखी ३ दिनको लार्भालाई यदि शाही खुराक १ देखी ३ दिन सम्म मात्र खुवायो र पछि खुवाउन छाड्यो भने त्यसबाट कर्मी मौरी बन्दछन् भने जुन लार्भालाई निरन्तर शाही खुराक खुवाउँछ त्यसबाट रानी मौरी निस्किन्छ । भाले मौरी भने बतासे फूलको लार्भाबाट निस्कन्छन् जसलाई शाही खुराक खुवाइदैन ।
मानिसले शाही खुराकलाई विभिन्न खाध पदार्थ बनाउन प्रयोग गरेको पाइन्छ । शाही खुराकले शक्ति बढाउने, मानिस बुढिने प्रक्रियालाई कम गराउने र अनुहारको छाला चाउरीन कम गराउने अनुसन्धानले देखाएको छ ।
त्यसैगरी महविषलाई चिकित्साविज्ञानले बाथको रोग, दम, र एच आइ भि का विरामीहरुको उपचारमा प्रयोग गरिएको पाइन्छ ।
मौरीपालन बाट उत्पादन हुने पदार्थहरु बाहेक मौरीले प्राकृतिक सन्तुलन कायम राख्नका लागि पनि योगदान पु¥याएको हुन्छ । पारिस्थितिकीय प्रणालीमा मौरीले लगाउने ठूलो गुन भनेको यसले विरुवाको फूलहरुबाट रस, पराग र खोटो संकलन गर्दा सघाउने परागसेचन प्रक्रिया हो जसले विरुवाको बीउ उत्पादन र आफ्नो अस्तित्वको निरन्तरका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।
मौरीपालन व्यवसाय शुरु गर्नका लागि उत्तम समयका रुपमा फागुन देखी बैशाख र असोज कार्तिक महिना मानिन्छ जतिबेला मौरीका लागि प्रशस्त चरन हुन्छ र फूलहरु फुलेको पाइन्छ । भरपर्दो ब्यक्ति तथा मौरीफार्म बाट मौरी ल्याइ शरुमा २ देखी ५ घारबाट शरु गर्नु राम्रो मानिन्छ र विस्तारै घारहरु बढाउँदै लान सकिन्छ । घारलाई दक्षिण तथा पुर्वी मोहडामा फर्काएर, मान्छे तथा अन्य जनावरहरुको चलखेल कमहुने, हाबाहुरी बाट सुरक्षित, प्रशस्त चरन भएको, प्रशस्त सफा पानी भएको, शितल र उज्याले ठाउँमा राख्नु राम्रो मानिन्छ ।
यसर्थ नेपालको विविध जलवायुअनुकुलको प्रविधिहरुको प्रयोग गरि गुणस्तरिय तालिम लिएर मौरीपालन ब्यसाय गर्न सकिएको खण्डमा यसबाट आर्थिक उन्नतिहुन समय नलाग्ने देखिन्छ ।
Comments
Post a Comment